Section 97
एकभन्दा बढी मुलुकमा कारोबार गर्ने बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी
एकभन्दा बढी मुलुकमा काम कारोबार गर्ने बैंक वा वित्तीय संस्थाको शाखाको बाध्यात्मक खारेजीको प्रक्रिया राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रचलनलाई मध्यनजर गरी निर्धारण गरे बमोजिम हुनेछ । तर एकभन्दा बढी मुलुकमा काम कारोबार गर्ने बैंक वा वित्तीय संस्थाको सहायक कम्पनीको रुपमा काम गर्ने बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी यसै परिच्छेद बमोजिम हुनेछ ।